Realtime Web StatisticsRealtime Web Statistics
0 comments.

अमेरिकी डायरी

निन्द्रा नलागे पनि विदाको स्वाद लिन ओछ्यानमै कोल्टे फेर्दै सुतिरहें । गाउँमा बाआमा उठेर गाइबस्तुलाई घाँस, खुँडो गरेर विहानको खाना खाएर पनि फेरी मेलापात जाने बेला भैसक्यो । आँफु भने लम्पसार छु अझै । हरेक दिन उठ्ने बेलामा बुवाले घरमा छँदा ‘सबेरै नउठ्नेले जिन्दगीमा प्रगति गर्न गार्हो छ है बाबु’ भनेको सम्झन्छु । होला पनि, खै अहिलेसम्म केही गर्न सक्या हैन ! उठेर पो के गर्नु ? मौसम परिवर्तन हुने बेला भएर होला बाहिर पनि हेरिनसक्नु छ वातावरण । रुखका रंगिन पातहरु भुँइभरी झरेका छन् । रुखहरु खङ्ग्रङ्ग ठडिएका उजाड दुनियाँ देख्दा मन झन् उदासिन्छ । भेट्नु पर्ने पनि कोही छैन । फुर्सद नै कस्को छ र ! बरु मन प्रफुल्ल बनाउनु छ भने नेपालतिर फोन गर्‍यो, हत्ते गरेर कुरा गर्छन् । बाबु, नानी के छ ?, भन्छन्, आनन्द लाग्छ एकछिन भएनी । यहाँ त मान्छे पनि के सार्हो दौडीएका हुन्, लाग्छ कि मरेपछि नि यमराजले overtime pay गर्नेछन् ।
1 comments.

अमेरिका


अघिल्लो हप्ता आफ्नै निधारमा बन्दुक तेर्सिएको थियो । हिजो विहान काममा जाँदा ढोकैमा रगतपच्छे छ । ए दैब ! आफ्नो निधारमै बन्दुक ताकेर लुटेको घटनाले मन तर्सिरहेको बेला फेरि अर्को त्रासदी थपियो । भित्र गएँ । दुइ पुलिस अफिसर राति काम गर्ने मेरो साथिलाई केरकार गर्दै थिए । बुझेको त दुइजना ग्राहक एकआपसमा ३ डलरका लागि चक्कु हानाहान गरेका रहेछन् । अस्ति पनि यसरी नै एकहुल प्रहरी आएका थिए । छानबिन गरे । फिङ्गर प्रिन्टदेखि लिएर नाइटभिजन हेलिकप्टरले समेत खोजि गरे तर अहिलेसम्म लुटेराको नामोनिसान छैन । यि त मैले भोगेका भए तर सुन्नलाई दिनहुँ दिनबिराएर यस्ता घटना खाँचो हुन्न । कहीं प्राण उड्छन्, कहीं घाइते मात्रै । अन्जान बस्ती, अन्जान मानिस साँझबिहान त्यसै त्यसै तर्सिएर सास दबाउँदै हिंड्नु पर्ने । गएको महिना मात्रै दुइजना नेपाली गोलि प्रहारबाट मारिए । अरु देशका पनि यस्ता दुर्घटनाका सिकार भए होलान तर नेपालिका चासो बढि हुने रहेछ । बेलाबेला हुने नेपाली जमघटहरुमा कुरा गरेको सुन्छु, ढुक्क भएका, निश्चिन्त भएका मनहरु विरलै छन् । यसो भन्दैमा अन्यन्तै आतंकित पनि होइन । कस्तो भने, मध्यरातमा चिहानघारीको बाटो हिंडे जस्तै ढुकढुकी बढेर मुटु फुलिरहने ।
0 comments.

आँफैलाई चिट्ठी

आँखा चिम्म गर्दा
संसार सुन्दर देख्छु म
निस्पट्ट अन्धकारमा
सबै एकै रङ
सबै समान
सबै एकैनाश ।

आँखा खोल्न तर्सिन्छु
तर्सिन्छु उज्यालो सँग
भेदभाब, इर्स्या, प्रतिस्पर्धा
यि साराको भारी
बोकेर आउने
"उज्यालो" भन्दा
अन्धकार औधी प्यारो ।

तिमी त्यहाँ पुग्यौ
उ त पुगीसक्यो
उनिहरुले त भेट्टाये छन् नि
त्यो तिमी भन्दा अघी नै रहेछ ..
यता उता चारैतिर
अस्तित्वको खेलोफड्को
पहिचानको दौडधुप ।

मलाई पनि
आफ्नो अस्तित्वलाई
आफ्नो पहिचानलाई
अनी आँफैलाई
केही भन्न मन छ
अन्तर्मनका भाब लेखी
चिट्ठी पठाउन खोज्छु
तर मेरो त
ठेगाना नभएको
अस्तित्व पो रहेछ ।

*********************

यो पनि हेर्नुहोस् ।
जय
सेवा
0 comments.

निमोठिएका कोपिला र आमाको सपना

उनी गर्भमा थिइन् । उनका पिताको देहावसान भयो । विचरी चन्द्रमा गर्भमै टुहुरी बनिन् । उनले कहिल्यै आफ्नो बुवाको अनुहार देख्न नपाउने भइन् । सन्तानको मुहार पनि हेर्न नदिई बाबुलाई मृत्युले लग्यो ।

आमा रोगी थिइन् । तैपनि उनि गाउँघरमा ज्याला मजदुरी गरेर निर्वाह गरिन् । त्यो गरिब झुपडिमा एकरात नवजात पाहुनाको उपस्थिती भयो । ति एक्ली दुखिया असाध्यै खुसि भइन् । त्यो पुर्णिमाको झलमल्ल रात सम्झेर उनले आफ्नी छोरीको नाम समेत चन्द्रमा राखिदिइन् । चन्द्रमा साँच्चै नै चन्द्रमा जस्तै उज्याली, चञ्चल अनि अनुहारमा मुस्कान मात्रै । रोएको त चन्द्रमाकी आमाले समेत कहिल्यै सुन्नै परेन । दिन वित्दै गए । चन्द्रमाकी आमाले पनि छोरीको आगमन पछि पति वियोगको पीडा भुल्दै गइन् । उनी रोगी भए नि गरिबी र भोको पेटले रोगी भनेन । अझ अब त छोरीको लागि भएनी उनले दिनरात छिमेकी घरमा मजदुरी गर्नु मजबुरी बनेको थियो । ढाडमा पछ्यौरीमा सानि नानी झुण्ड्याएर कहिले मेलापात गर्थिन् । कहिले अर्काका जुठा भाँडा माझ्ने गरेर जिविका चलाउदै थिइन् । तर भित्रभित्रै चन्द्रमाकी आमालाई रोगले गाँज्दै गयो । क्षयरोग रहेछ तर गरिवि र अन्धविश्वासले धामीझाँक्री र झारफुकतिर डोर्यायो ।


0 comments.

Happy Valentine's Day !!!

एक थुँगा फुल
एक पाप्रो कार्ड
हातमा लिएर
मछेराले जाल हान्न
लागेजस्तै
वर्षभरी ढुकेर
Valentine को पछि
दगुरिरहेछन् जमातहरु
विना अर्थ
विना महत्व

आज तिथी परेछ
मलाई चाहिएन
यो श्राद्ध गर्न जुरेजस्तो
वार्षिकी Valentine's Day

म कामबाट
थकित फर्किएको पल
तिम्रो कोमल
शब्द-गुच्छाहरुको
मलमलमा
मेरो थकान विलाओस्
रहरहरु, सपनाहरु
तिमी भन्दा पर हुन्नन्
ति हरेक पल
ति हरेक क्षण
Happy Valentine !!!
0 comments.

आउ न यार !

मेरो कला
भ्रममा रमाउने
त्यती नै हो मसँग भएको ।

एक्लो म
हज्जारौँ माइल
बाइक यात्रामा
म पछिको रित्तो सिट
सुन्यतामा पनि
कल्पित तिम्रो प्रतिबिम्ब
मुसुक–मुसुक मुस्कानमा
अघि बढ्दैछ ।

मेरो भ्रमित
इच्छा पनि
भ्रममै सिद्धिनेछु
यस्तैगरी
यथार्थबाट टाढै बसी
हाँसी–हाँसी
रमाइ–रमाइ ।

वितेका रात
सुखी बनायौ
हरेक विहानी
सपनीलाई धन्यबाद ।

विस्तारामा घुस्रिएर
आँखा चिम्म
गर्नु अघिको कामना
प्रत्येक विहान मलाई
उजिल्याउने सपनीहरु
आजपनि आउन यार !
1 comments.

मन्दिर

तिम्रो आलिंगनमा
कस्सिएर पनि
कठ्याङ्ग्रिएर कयौँ प्राण उडे
एकमुठ्ठी सास
थपिने आशमा
भोको पेट नाम जप्नेको
समय नपुगी सास खोसियो

तिम्रो,
न न्यानो दिने ताकत छ
न सास थप्ने
खाली मान्छेले रचेको
मान्छे नै भ्रमित बनाउने
योजना साकार पार्यौ ।

डाँडाकाँडा सजाउने
पहाड पखेरामा
चम्किरहने ढुङ्गाहरु
नदि किनारमा मुस्कुराउँदै
लडिबुडि गर्ने ढुङ्गाहरु
तिनका स्वतन्त्रता लुछेर
तिमीले बन्दी बनायौ

तिम्रा सिर्जनात्मक ढोँगहरुमा
पछि लगाउँदै
मान्छेसमेत बन्दी बनायौ

आशे मनहरुमा
त्रासदीले भरिदिने
तिम्रो नियत
तानाशाही रहरजस्ता छन्

निरासाले गल्र्याम्म
रहरहरु ढालेका दिन
सपनाहरु विलाएका क्षण
तिम्रा आफ्नै भक्तहरुले सराप्नेछन्
बन्दीहरुले बद्ला लिनेछन्
सारा जगतले खुच्चिङ् मान्ला
मलाई त डर छ
तिम्रो नियत र कर्म
सुध्रेन भने
मन्दिर, तिमीलाई पाप लाग्ला है ।

यो पनि हेर्नुहोस् । 
0 comments.

छत

बर्खे झरीमा
गरिवीको छतबाट
तप्प चुहिएको
मध्यरातको पानिले
मलाई कहिल्यै छोएन ।
अर्धनिन्द्रामा
कुम्लो बोकेर
ठाउँ सर्नु परेन ।
देखिरहेको सपना
Pause गर्नु परेन ।
मेरी आमा निथ्रुक्क रुझिन्
अनगिन्ती रातहरु ।
वात्सल्यको छतले
मलाई जोगाइरह्यो ।
एक थोप्पो पानिले
कहिल्यै तर्साएन ।
आकाश भन्दा ठूलो छत
मेरी आमाको मन ।

समय कुदिरहन्छ
मलाई घिसार्दै ।
अहिले तिमी छौ साथमा
जहाँ म ओत लाग्न खोज्छु
मेरो नयाँ छत-तिमी
यहीँ मुन्तिर बसेर
सुख संगाल्न खोज्छु ।
दुःख लुकाउन खोज्छु ।
जिन्दगी विताउने
लालसा छ
तिम्रो प्रेमात्माको छतमा ।

आजसम्म मेरी आमाको
ममताले ओवानो
जोगिएको म
तर आज यि आँखाहरुले
झरी बर्षाए
निथ्रुक्क भिज्ने गरी
सायद तिम्रो मनको छत
कमजोर भएछ कि !

यो पनि हेर्नुहोस् । 
0 comments.

बाबु ! तिमी के बन्ने ?

माइ संसारमा २०६५ असोज २७ गते प्रकाशित ।

गुन्जिरहन्छ अहिले पनि तिनै शब्दहरु, म झस्किरहन्छु, मानौं कि तिनै शब्दहरुले पछ्याई रहेछन् अहिलेसम्म पनि । तपाईंलाई पनि याद छ होला, साना छँदा हरेकले सुनेका, भोगेका प्रश्नहरु, जिज्ञासाहरु हुन् यि, “बाबु ! तिमी के बन्ने ?, तिमी ठूलो भएर के बन्छ्यौ ?” यस्तै-यस्तै ।

त्यहि त हो नि, बाल्यावस्था आफुलाई केमा छाप परेको छ, कोबाट प्रभावित भइएको छ, जुन कुराको अभाब छ, दरिलो छाप छोड्न सफल भएका कुराहरुमा मन अडिरहेको हुन्छ, अनि भनिन्छ, आमा बिरामी भएको र गाउँमा डाक्टर नभएको सम्झिएर “म डाक्टर बन्छु”, साँझ पर्नासाथ चुँइक्क रोयो या फटाइ गर्नासाथ बा-आमाले “ऊ पुलिस आयो” भनेर डराएको सम्झदै अनि आफुपनि पुलिस जस्तै शक्तिशालि बन्ने कल्पना गरेर “म पुलिस बन्छु” अनि “म इन्जिनियर बन्छु” आकाशमा हवाइजहाज उडेको देखेर “म पाइलट बन्छु” जस्ता कुराहरु लाडे स्वरमा भन्दा ठूलाबडाले “स्याबास” भनेर ढाप मार्दा छाति ढक्क फुलाएर मख्ख परि दगुरेका क्षणहरु कति वयस्क मानसपटलमा आजपनि ताजै होलान् ।

म पनि उहि ड्याङ्गको मूला त हो नि । एकजना अङ्कल घरमा आएका बेला आफ्नो काखमा बसाउँदै सोधेका थिए उहि प्रश्न । अनायासै फुत्किहाल्यो “म त ठूलो राइटर बन्छु” । यो कुरा म अलि बुझने भइकनको हो । कसरी मैले यस्तो रहर गरे अर्थात म केबाट प्रभावित भएँ भन्ने कुरा आउँछ । खासमा मेरो बुवा शिक्षक हुनुहुन्थ्यो, प्रा.वि. लेभलको टिचर, त्यै पनि घरबाट धेरै टाढा । वर्षा एकदुइ पटक मात्र घर आउन मिल्ने । आफ्ना कलिला छोराछोरी र पत्निबाट बिछडिएका तितापलहरुलाई, मनका भेलहरुलाई कविता, कथा मार्फ कापिमा उतार्नु हुनेरहेछ । हामी -दिदी, दाई र म) सिलिङ्गमा राखेका पुराना डाइरीका पानाहरुमा छरपष्ट बुवाका भावन पढेर बुझि-नबुझि रमाइलो गथ्र्यौं । फेरि मेरो मामाहरु पनि असाध्यै बिद्धान । उहाँका नामहरु छापा अक्षरमा देख्दा हाम्रो पनि नाम त्यसरी नै छाप्ने रहर हुन्थ्यो । फेरि राम्रो मान्छेको सबैले नै चर्चा गर्छन् नि । मलाई फलानाको भान्जो भनेर चिन्ने, माया गर्ने अनि मामा जस्तै ठूलो मान्छे बन्नु पर्छ है भनेर घच्घच्याउने धेरै थिएँ । त्यसैले नै प्रभावित भएको हुनुपर्छ सायद । गाउँतिर पत्रिका किनेर पढ्ने त सम्भावना नै थिएन तर पसलमा चिनी, चियारङ्ग र अन्य सामानहरु किन्न जाँदा सामान पोको पारेका पत्रिकाका पानाहरुमा मामाको नाम र फोटो देख्नासाथ म धक्कु लगाउँथे । पोको खोलेर देखाउँथे पसले र गाउँलेलाई “यी मेरो मामा”, सामान पोखिएको पनि याद हुन्नथ्यो । त्यसै-उसै गरेर गाउँमा इज्जत कमाएको थिएँ । हुन त खास मैले आफ्ना दौंतरीहरुलाई “के बन्ने” भन्ने प्रश्नमा “डाक्टर” भनेको रहेछु । पछि कुरै कुरामा एक-दुई जनाले मलाई अप्ठ्यारो पनि पारे तर मैले कसो-कसो गरेर मोडिफाइ गरि छोडें, आफ्नो उद्देश्यलाई । बाल्यकाल पनि अचम्मको लाग्छ, आफ्ना इच्छाहरु, उद्देश्यहरु अरुबाट इन्फ्लुएन्स भएको देख्दा । बरु त्यसबेला “धुम” फिल्म चलेको भए फिलिममा चोरले गरेको चकचकी, चामत्कारीक सफलता देखेर शायद म पनि भन्ने थिएँ होला “कुख्यात चोर बन्नेछु, ऋतिक रोशनजस्तो” ।
0 comments.

पुल

तिमी पारी थियौ
धेरै टाढा ।

कहाली लाग्दो भेल
मैलो र घिनाउने
षडयन्त्र र सन्त्रासको
नदीरुपी समाज तरेर
तिमीलाई भेट्ने
विकल्प एउटै थियो – पुल ।

यो मायाको पुल
सम्मोहनको पुल
तृष्णाको पुल ।
हरेक साँझ
तिमी भेट्न आउँदा
अघात प्रेमले
बलियो पारेको ठानी
उफ्रिउफ्रि तर्थेँ ।
पुल मुनिको कुसंस्कार
तरेको सम्झी
रोमान्चित हुन्थेँ ।

तिमीले आज पनि
बाटो हेर्यौ होला
त्यही पुल टेकेर
आउने आशमा ।

गएकै त हो नी
म पनि ।
पुल भत्किएछ ।

उहि दुषित संस्कार
सडिएका रिती
अनि साघुँरो मानसिकता

हरे ! यो समाज
तर्नै सकिन ।


असली हिरा चैँ भित्र चम्किदैछन् नि । खोलेर हेर्नुस् ।
सेवा
जय
बिना
रिचा
1 comments.

मैले मन पराउन नसकेको मान्छे

जब देखें तिमीलाई
भेटे देखी तिमीलाई
छाल उठे कतै मनभित्र
उछिल्लिए भाबहरु
उठिरहुँ भएन
बसिरहुँ मन मानेन ।
रंगिन सपनिले
रातहरु मस्तीमा बिते ।
फिल्मि तरंगमा
चालहरु सडकभरी
सुसेलीहाल्दै स्लो मोसन भए ।

अलि हतार भएछ कि !
उल्टो गिन्ती हुँदै
एट्रयाक्सनको हिप्नोटिज्म
यथार्थसँगै उत्रियो ज्यानबाट ।
उहि छालहरुले लछार्दै
दहमा डुबाउन खोज्छन् ।
उहि सपनाहरु
मध्यरातमा तर्सेर ब्यूँझाउने
खराब बन्छन् ।
स्लो मोसनले
जिन्दगी धेरै धकेलिएछ ।

तिमी अलि चर्को भएछौ
असारे घामजस्तो
सायद पुषमा भए त
न्यानो मानी लुट्पुटिन्थें होला ।


असली हिरा चैँ भित्र चम्किदैछन् नि । खोलेर हेर्नुस् ।
सेवा
जय
रिचा
बिना
8 comments.

टिमुर्केहरु

माइ संसारमा प्रकाशित भैसकेको छ । यहाँ अलिकति थपथाप गरेको छु ।

टेबुल छेउमा झुण्डिएको बेलस्विच चार पटक दबाइसकें । कोही देखा पर्दैनन् । म आफैँ जुरुक्क उठेर ढोकाबाट मुन्टो निकालेर काउन्टरतिर चिच्याएँ ‘ए बैनी ! एक प्लेट भट्मास चिउरा लेऊ न !’साथी र म सितनको अभावमा चिसिँदै गरेको वियर हेर्दै पर्खियौँ निकैबेर । उखरमाउलो गर्मी, टाउका माथिको स्थिर पंखा तीनवटा पखेँटा फिँजाएर टक्क अडिएको । कुरो बुझ्नै पर्यो–लोडसेडिङ्ग । आजकाल होटलहरुमा सजिलो भएको छ, बिजुलीको खपत पनि कम हुने, बत्ति भए नी छैन भन्दे भैहाल्यो । 

भट्मास चिउरा आको छैन अझै र छाँटकाट पनि देखिएन मिलिक्कै आउने । आफ्ना अघिल्तिर गिलासमा अर्ध चिसो बियर भुल्भुलाउँदैछ । मुखले सितन पर्खदैछ, आँतले चिसो खोज्दैछ । मेरा वियरपार्टनर चक्रपाणी झन् अधैर्य भैसके । आखिरमा उखरमाउलो गर्मी र आफ्ना अघिल्तिरको गिलासको सम्मोहन थाम्न नसकेर विनासितन उठायौँ गिलास, ठोक्यौँ ‘चियर्स’ र एकैसासमा रित्यायौँ । हामीलाई गर्मी उतार्नुको हतार थियो । स्वाँट्ट पारेर एकछिन मुख बिगार्नु मात्रै कष्ट हो नि । क्यार्नु ! कष्ट निवारक भटमास–चिउराको आगमन हुने कुनै संकेत छैन । हुन त देब्रे हातले स्वाइँया गिलास रित्याएर दाहिने बाहुलाले स्वाट्ट जुँगा पुछ्ने रहरलाग्दो काइदा पनि देखेकै हो । केही पारखीहरुले त मुखै फोडेर बोलेका पनि छन्— ‘एत्राको चाहिन्छ सितन ? मुख बिग्रिनुमा त छ असली मज्जा ।’
0 comments.

स्वर्गतिरको यात्रामा उक्लिएजस्तो

माइ संसारमा प्रकाशित भैसकेको छ । यहाँ अलिकति थपथाप गरेको छु ।




एकजना छिमेकी सरको सुरम्य यात्रा वर्णन शैलीले मलाई अचानक ताप्लेजुङकी पाथिभरा भेट्ने हुटहुटी चढ्यो । भाइ पर्शुरामलाई सोधें । उसले उडायो — ‘डाँडाकाँडा नाघेर पाथिभराको टुप्पोमा पुग्नु सामान्य चटक होइन दाजु । यसका लागि निकै लामो योजना बनाउनुपर्छ ।’ यसरी उसँगको सल्लाह वार्षिक योजनाको पोको बनेर कुनामा थन्कियो । यायावर प्रकृतिका अर्का दाइ जयराजलाई छुस्स योजना सुनाएँ– एकै वातमा क्या वात भो । कुरो पक्का भो ।

हामी दुई ताप्लेजुङ्गतिर अनभिज्ञ भएकाले गएर सकुशल आइसकेका जानिफकारहरुलाई फोन लगायौँ— ‘के के तयारी गर्नुपर्ला हजुर ?’ तर, अचम्मसँगले सबैको जवाफ उस्तैउस्तै आयो–‘धत् ! वर्खाको बेला पहाडी यात्रा ? बाटाभरि ड्याङ्ड्याङी पहिरो खस्दैछन् ।’ एकदुईजनाले त हदै भने– त्यता लाग्यौ भने पाथिभराको मन्दिर होइन यमराजका दरबारमा चाहिँ पुग्छौ । यो पाथिभरा जाने सिजन होइन ।’ तर हाम्रो बुझाइ अलग थियो । देवीदेवताको पनि कुनै सिजन हुन्छ र ? सजिलोमा सबै गएकै छन् नि । हामी दर्शन गरौँ अप्ठ्यारोमा । निस्कियौँ हामी यात्रामा सुटुक्क । हामीलाई थाहा भैसक्यो सल्लाहले हिड्ने सिजन होइन यो, भाग्ने सिजन रहेछ ।

दिउँसो तीन बजिसकेको थियो । दमकबाट सुरु भयो हाम्रो यात्रा । एउटा बाइक । पिछाडि जयराज बसेर यात्राभरि ठट्यौली गरिरहे । ताल बेतालमा प्यारोडि गाइरहे । ती पहाड, हरियाली, चराचुरुङ्गी, टाढाटाढा किरामिराका अनौठा आवाज मात्र । मन आनन्दित भइरह्यो ।
13 comments.

छैन उन्मुक्ति

माइ संसारमा प्रकाशित भैसकेको छ ।

मुक्ति दाई लुसुक्क कता लागे, पत्तो भएन निकै बेर । सँगै बसेका साथीभाइ पनि ओछ्यान पसेर घुर्न थालिसकेछन् । झस्किएँ   म पनि । अगाडि चारवटा खाली गिलास र पत्रिका माथि छरिएको भुजिया । खाली बोतल पर खाटमुन्तिर पल्टिरहेको । खाएकै दिन गिलास माझ्ने र रित्तो बोतल  हुर्याउने होस कसैलाई आउँदैन । आ ! भोलि ठेगान लाउँला सब कचरा । म पनि उठेँ सम्हालिदैँ, बत्ति निभाएर पल्टिएँ ओछ्यानमा । दुईवर्ष भैसक्यो मनका मान्छेहरुसँग अलग्गिएको, आजकाल त सम्झना झन् बाक्लिएको छ । दिनभर भागदौड मच्चाउनुपर्ने जागिर छ । होटल लाइन न पर्‍यो, अलिअलि भएको बोसो नि पग्लिने रहेछ । बेलुकी फर्की आउँदा ज्यानमा रत्तिभर पनि उर्जा बाँकी हुँदैन । आँखा चिम्म गरे नि मरिकाट्टे निन्द्रा आए पो । अरुहरु पल्टिने बित्तिकै भुस परेको देख्दा नि रिसै उठ्ने । झिलिकमिलिक गर्दै आउन थाल्छन् यादका तस्विरहरु–श्रीमतिको मायालु अनुहार, जिन्दगीको घामपानीले चुटेर निधारभरि धर्सैधर्सा भएका बाआमाका अनुहार, छोराछोरीका अनुहार, साथीभाइका अनुहार, यस्तै यस्तै अनुहारहरु ।

यिनै अनुहारहरुको भीडमा आफ्नो निद्रा हराइरहेको बेला मुक्ति दाइ जसरी गएका थिए उसैगरी लुसुक्क कोठाभित्र छिरेछन् । मुक्ति दाइको विस्ताराबाट दबाउन खोजिएको तर नसकिएको मधुरो आवाज आयो । मैले उनीतिर चिहाएँ । सिरानीमा घोप्टिएका मुक्तिदाइको छायाँतस्विर देखेँ । ‘मुक्ति दाइ ?’ मैले बोलाएँ । सुँक्कसुँक्क आवाज बन्द भयो । उठेर बत्ति बालेँ र दाइका विस्तारामा गएँ । ‘दाइ ?’ मैले कोट्याएँ । उनी सिँगान पुछ्दै मतिर फर्के र फोस्के मुस्कान छोड्ने प्रयत्न गरे । दाइ, धेरै नै याद आयो ? बोली फुटेन, टाउको मात्र हल्लाए । यस्तै हो दाजु मान्छेको जिन्दगी जति गहिरियो उति कहाली लाग्दो भन्दै म आफ्नै विस्तारामा फर्केँ । हाम्रो रुममा आठजना बस्थ्यौँ, दुई तले फलामका बेड चारवटा थिए । एट्याच्ड फलामे भर्र्याङबाट मुस्किलले तलमाथि गर्नुपर्ने । अर्ध निन्द्रा र अलिअलि मापसे चढाएका बेला त यो पनि ज्यानकै खतरा । गाउँ सम्झ्यो भने बाख्रालाई बनाएको खोरपनि यस्तैयस्तै लाग्छ । सम्झिल्याउँदा उता बाख्राका लागि बनाइदिएको खोर पनि घरजस्तो लाग्ने । यता आफ्नालागि बनाइदिएको घर पनि खोरजस्तो । 
0 comments.

लोकल स्वादको खोजी


घरेलु वातावरण र गाउँले स्वादको लागि आजकाल जमघट बढ्न थालेको छ खगेन्द्र दाइकोमा । झापा पाडाजुँगी चोकबाट एक किलोमिटर दक्षिणमा उनको चिटिक्कको घर छ । आँगनपर्तिर आँप, कटहर, लिचि र अरु पनि थुप्रै हरियालीका बीचमा उस्तै चिटिक्कको खानेपिउने कटेरो बनाएका छन् उनले । स्थानीय स्वादको तृष्णा बोकेर उनीकहाँ आउनेले लोकल कुखुराको सेकुवाभुटुवा मात्र होइन, बगैँचामा फलेका मौसमअनुसारका ताजा–रसिला फलफूल पनि आफ्नै हातले टिपीखान पाउँछन् । 

“आजकाल शान्त प्राकृतिक वातावरणमा रमाएर ताजा र स्वास्थ्य परिकार पाइने स्थान असाध्यै कम छन् । आफ्ना साथिभाइसँग त्यस्तै उचित स्थान खोजी गर्दा नपाए पछि मैले यतातर्फ लाग्ने सोच बनाएँ ।” उनले भने ।

दिनभरिको दौडधुप, थकान, सहरको धुलो, प्रदुषण, सडकको चर्को ध्वनि, राजनैतिक, सामाजिक दिक्दारी यी सबै कुराबाट टाढा रहेर एकछिन भएनि मुडफ्रेस गराउने चाहना हामी सबैमा हुन्छ । शान्त प्राकृतिक वातावरण, वरिपरि बगैँचा, चराचुरुङ्गीका आवाजसँगै रमाएर बस्नुको आनन्दै अर्कै हुन्छ । छुट्टीका दिन परिवार, साथीभाइसँग मौसम अनुसारका फलफूल, तरकारी, सिलौटामा पिँधेको टमाटर र धनियाँको चटनी, काँचो आँप कुटेर बनाएको थेबे अचार, मुला र सिन्कि अचारका साथमा मन परेका पेय पदार्थ लिँदै जिब्रो फड्कार्ने मौका मिल्नेछ यहाँ ।
0 comments.

यो बंगाल होइन

२०६९ भाद्र ९ मा कान्तिपुर दैनिकमा प्रकाशित । यहाँ केही थपघट सहित ।


त्यहाँ पुग्ने जोकोहीलाई नौलो लाग्न सक्छ । त्यहाँका प्राय पसलमा टाँसिएका बोर्डहरु बंगाली भाषामा लेखिएका छन् । वरिपरि चहलपहल गर्नेहरु पनि बंगाली मूलका नै भेटिन्छन् । पहिलो पटक जानेहरु त झस्किन्छन् । छिमेकी मुलुक भारतको प्रान्त बंगाल पुगेको भान पर्छ । 

झापा, अनारमनीमा रहेको मेची आँखा अस्पताल आसपास यस्तै दृष्य देखिन्छ । स्वदेशभित्र मात्र नभएर छिमेकी मुलुकहरुमा पनि उत्तिकै ख्याति फैलिएको यो अस्पतालमा भारत बंगाल क्षेत्रबाट उपचारका लागि आउनेको संख्या अत्यधिक छ । “जति नेपाली आउँछन् उत्ति नै मात्रामा बंगाली मुलका विरामीहरु आउँछन्’’ भन्नुहुन्छ अस्पताल प्रशासन शाखाका सुरज रौनियार । उहाँ थप्नुहुन्छ, “नेपालीहरु भारतमा उपचार गर्न जान्छन् तर यत्तिका संख्यामा भारतीय आउने नपाली अस्पताल सायदै होलान् ।’’ सिक्किम, बिहार, दार्जिलिङ्ग, भुटानबाट समेत विरामीहरु आउँदा रहेछन् तर बाहुल्यता भने बंगालीहरुकै पाइन्छ । अस्पतालको अधिकांश पार्किङ्ग एरिया समेत भारतीय नम्बर प्लेटका गाडीहरुले भरिएको हुन्छ ।
0 comments.

सडकका अन्योल जीवनहरु

माइ संसारमा २०६५ कार्तिक ७ गते प्रकाशित ।

Source: acr.hrschool.org

उनीहरुको वासस्थानमा म बेलुकी आठ बजे तिर पुगेको थिएँ, नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडिको सडक पेटीमा। यात्रुवाहक गाडीहरु सडकमा पातलिंदै थिए र पसलहरु पनि बन्द हुने सुरसारमा थिए। करिब १०–१२ जना केटाहरु सडक बत्तिको उज्यालोमा धेरै ठाउँमा टालेको बोरा, कपडा ओछ्याएर हाँसोठट्टा गरिरहेका थिए। सबै आ–आफ्नै धुनमा व्यस्त– कोही शरीर, कपाल कन्याइरहेका, कोही दिउँसोका घटनाहरु साथीलाई सुनाइरहेका अनि कोही भने दिनभरी बटुलेका फोहोरका सामाग्रीहरु छरपष्ट पारेर केलाइरहेका । चर्को आवाजमा तँ–तँ र म–म गरी जिस्कने र चल्नेहरुको पनि कमी थिएन। म केही बेरसम्म नजिकैको बिजुलीको खम्बामा अढेस लागेर उनीहरुको क्रियाकलाप नियालिरहें। त्यत्तिकैमा तिनै मध्येको एउटाले उसको साथीलाई कोट्याएर मतिर औंल्यायो। अनि सबै खासखुस गर्दै सतर्क भए झैं गरे। भूईंमा छरिएका प्लाष्टिक, फलाम, कुच्चिएका बट्टाहरु र थोत्रा जुत्ता, चप्पल हतार–हतार बोरामा थन्क्याउन थाले।

म चकित परें तर पछिमात्र थाहा भयो, उनीहरुले दिनभर मिहिनेत गरेर जम्मा गरेका सामानहरु, थोत्रा सामान बेचेर, मागेर जम्मा गरेका पैसाहरु केही फटाहाहरुले लुट्ने गरेको रहेछन्। त्यही भएर त्यो अँध्यारोमा मदेखि पनि त्यसरी तर्सिएका। म उनीहरुको छेवैमा गएँ, आफु को हुँ र उनीहरुलाई भेट्न आउनुको कारण बताएँ। उनीहरु मलाई बेवास्ता गरी आ–आफ्नै सुरमा लागे। म अकमक्क भएँ । कारण के रहेछ भने विभिन्न संघसंस्थाका ब्यक्तिहरु र पत्रकारहरुले उनीहरुलाई धेरै सोधपूछ गर्ने अनि अनावश्यक आश्वासन देखाएर दिक्क बनाइसकेका रहेछन्।

म त एकछिन अलमल्ल परेर उभिरहें।
0 comments.

उर्लियो मन

माइ संसारमा २०६५ असोज २१ गते प्रकाशित ।

रातको ११ बजेर २० मिनेट जति भएको छ। कोठामा दम्पति भएर पनि एक्लो महशुस गरिरहेको छु। किनकि उनी सुतिसकिन्। कोठाको मधुर प्रकासमा म एक्लै भूइँमा बसेर घोत्लिरहेछु, उकुसमुकुस भावनाहरु लिएर। मलाई आतस छ, आतुर छु, मेरा भावनाहरु, मेरा मनका उकुसमुकुसहरु एकैपटक यो सादा पानामा घोप्टिए हुन्थ्यो तर कहाँ सम्भव छ र यी सब कुराहरु ? मैले त विस्तारमा भाका मिलाएर पाठकलाई रमाइलो लाग्ने किसिमले व्यक्त गर्नु जरुरी छ, किनकि उनीहरुको प्रतिक्रिया नपाई मैले कसरी सन्तुष्टि पाउने ? ढाडस पाउने ? त्यसैले यो सादा पानामा म घोप्टिएर रोए पनि, आँसुहरुले लतपत भएपनि यो दृष्यको अनुभूति गर्ने म बाहेक अरु को नै हुन्छ र ?

कम्प्युटरमा बजेको पीडादायी गीतले अझ मेरो मुटुको धड्कन बढाउँदै जान्छ। आज अलिकति बियर पनि पिएको छु। सायद त्यसैले होला, मनभित्र झनै पीडा बढेको अनुभव हुन्छ। हुन त दिउँसैदेखि मलाई त्यत्ति रमाइलो लागेको थिएन। अफिस विदा भै सकेकोले दिनभर आफ्नै व्यापार (साइबर र कम्युनिकेसन) मा नै बिताएँ। ग्राहकहरु आउने क्रम पनि पातलो हुँदै थियो। म यसपालि ढुक्क थिएँ। कोशीले गरेको विनाशका कारण धेरै नै पूर्वका मान्छे रोकिन्छन्, काठमाडौंमा एक्लो महशुस गर्नुपर्ने छैन। धेरैले त आश्वासन पनि दिएका थिए, गफमा गफ पनि मिलाएका थिए, “ए… तिमी पनि नजाने, म पनि जान्न यसपालि, ल ल मज्जाले मनाउनु पर्छ” म पनि ढुक्क थिएँ। तर अहिले त उनीहरु नै पहिला पुगेछन् घरतिर।

खिन्नता झनै बढेर आउन थाल्यो। दशैं झनै नजिकिंदै छ। पुराना दिन र बितेका दशैं सम्झ्यो भने त झनै भक्कानो फुट्ला जस्तो हुन्छ।