Realtime Web StatisticsRealtime Web Statistics

आउ न यार !

मेरो कला
भ्रममा रमाउने
त्यती नै हो मसँग भएको ।

एक्लो म
हज्जारौँ माइल
बाइक यात्रामा
म पछिको रित्तो सिट
सुन्यतामा पनि
कल्पित तिम्रो प्रतिबिम्ब
मुसुक–मुसुक मुस्कानमा
अघि बढ्दैछ ।

मेरो भ्रमित
इच्छा पनि
भ्रममै सिद्धिनेछु
यस्तैगरी
यथार्थबाट टाढै बसी
हाँसी–हाँसी
रमाइ–रमाइ ।

वितेका रात
सुखी बनायौ
हरेक विहानी
सपनीलाई धन्यबाद ।

विस्तारामा घुस्रिएर
आँखा चिम्म
गर्नु अघिको कामना
प्रत्येक विहान मलाई
उजिल्याउने सपनीहरु
आजपनि आउन यार !

0 comments.:

Post a Comment