Realtime Web StatisticsRealtime Web Statistics

छैन उन्मुक्ति

माइ संसारमा प्रकाशित भैसकेको छ ।

मुक्ति दाई लुसुक्क कता लागे, पत्तो भएन निकै बेर सँगै बसेका साथीभाइ पनि ओछ्यान पसेर घुर्न थालिसकेछन् झस्किएँ   पनि अगाडि चारवटा खाली गिलास पत्रिका माथि छरिएको भुजिया खाली बोतल पर खाटमुन्तिर पल्टिरहेको खाएकै दिन गिलास माझ्ने रित्तो बोतल  हुर्याउने होस कसैलाई आउँदैन ! भोलि ठेगान लाउँला सब कचरा पनि उठेँ सम्हालिदैँ, बत्ति निभाएर पल्टिएँ ओछ्यानमा दुईवर्ष भैसक्यो मनका मान्छेहरुसँग अलग्गिएको, आजकाल सम्झना झन् बाक्लिएको दिनभर भागदौड मच्चाउनुपर्ने जागिर होटल लाइन पर्‍यो, अलिअलि भएको बोसो नि पग्लिने रहेछ बेलुकी फर्की आउँदा ज्यानमा रत्तिभर पनि उर्जा बाँकी हुँदैन आँखा चिम्म गरे नि मरिकाट्टे निन्द्रा आए पो अरुहरु पल्टिने बित्तिकै भुस परेको देख्दा नि रिसै उठ्ने झिलिकमिलिक गर्दै आउन थाल्छन् यादका तस्विरहरुश्रीमतिको मायालु अनुहार, जिन्दगीको घामपानीले चुटेर निधारभरि धर्सैधर्सा भएका बाआमाका अनुहार, छोराछोरीका अनुहार, साथीभाइका अनुहार, यस्तै यस्तै अनुहारहरु

यिनै अनुहारहरुको भीडमा आफ्नो निद्रा हराइरहेको बेला मुक्ति दाइ जसरी गएका थिए उसैगरी लुसुक्क कोठाभित्र छिरेछन् मुक्ति दाइको विस्ताराबाट दबाउन खोजिएको तर नसकिएको मधुरो आवाज आयो मैले उनीतिर चिहाएँ सिरानीमा घोप्टिएका मुक्तिदाइको छायाँतस्विर देखेँ मुक्ति दाइ ?’ मैले बोलाएँ सुँक्कसुँक्क आवाज बन्द भयो उठेर बत्ति बालेँ दाइका विस्तारामा गएँ दाइ ?’ मैले कोट्याएँ उनी सिँगान पुछ्दै मतिर फर्के फोस्के मुस्कान छोड्ने प्रयत्न गरे दाइ, धेरै नै याद आयो ? बोली फुटेन, टाउको मात्र हल्लाए यस्तै हो दाजु मान्छेको जिन्दगी जति गहिरियो उति कहाली लाग्दो भन्दै आफ्नै विस्तारामा फर्केँ हाम्रो रुममा आठजना बस्थ्यौँ, दुई तले फलामका बेड चारवटा थिए एट्याच्ड फलामे भर्र्याङबाट मुस्किलले तलमाथि गर्नुपर्ने अर्ध निन्द्रा अलिअलि मापसे चढाएका बेला यो पनि ज्यानकै खतरा गाउँ सम्झ्यो भने बाख्रालाई बनाएको खोरपनि यस्तैयस्तै लाग्छ सम्झिल्याउँदा उता बाख्राका लागि बनाइदिएको खोर पनि घरजस्तो लाग्ने यता आफ्नालागि बनाइदिएको घर पनि खोरजस्तो  
मुक्ति दाइ बुटवलतिरका हुन् दुबई आएको महिना हुन लागेको थियो एउटै होटलमा वेटर थिएँ उनी किचेनमा हेल्पर अरबको गर्मीमा किचनको काम, एउटा थोत्रो पिलन्धरे एयरकन्डिस्नर टाँसिदिएका छन् भित्तामा तर त्यसले किचनको तातो कहिल्यै मत्थर पार्न सकेन कामको प्रेसर ज्यादै रहेछ हौ भाइ उनी भन्थे खलखल हुँदै पुरानो भै  खाको, भन्थेंयस्तै हो दाई, सुरुसरुमा अलि गार्है हुन्छ पछि काम सिक्दै जाँदा अलि हलुका हुन्छ हुन पनि विचरा मुक्ति दाईलाई बिहान खोल्ने बन्द गर्ने बेलामा हम्मे हम्मे नै पथ्र्यो सरसफाइ, पुछपाछ, सरसामान तयारी गर्ने देखी लिएर कुन सेक्सनमा कता सहयोग चाहिन्छ, त्यतै टुप्लुक्किनु पर्ने बन्द गर्ने बेलामा नि सिनियर भनाउँदाहरु फातफुत्त निस्किहाल्ने, सबै सरसफाई गरेर, सामानको थान्कोमन्को लगाउनु पर्ने

हामी काममा जोतिएर बासस्थानमा फर्केपछि अक्सर बेलुकी पिउने गथ्र्यौँ निमन्त्रणता उनलाई पनि गथ्यौँ तर उनी त्यति सजिलै आउँदैन थिए कम बोल्ने अन्र्तमुखी स्वाभावका उनी बिस्तारै मेरो अन्तरंग बन्दै गए यस्तै सँगै बसेको मौकामा उनका अन्र्तभेदहरु खोतल्ने जमर्को गर्थें उमेरले चालीस काट्न लागेका मुक्ति दाइको पहिलो सन्तान भर्खरै भएको रहेछ उनले घर छोड्दा छोरो तीन महिनाको मात्रै भएको रहेछ बिवाह गरेको नौदश वर्ष पछि यसरी सन्तान भएर हर्षित भएका मुक्ति दाजुको यत्तिका वर्ष ढिला हुनुको कथा पनि दर्दनाक नै थियो एकदिन ओछ्यानमा उत्तानो पल्टिएर माथिपट्टि गोडातिर टांगिएको डोरीमा खुट्टा झुण्ड्याएर तिनै मनका अनुहारहरुसँग मनोवाद गरिरहेका बेला मुक्ति दाइले बोलाए

ओहो ! दाइले नयाँ बोतल पो मगाएछन् कत्ति तपाईहरुको मात्र खाइदिनु भनेर नि भन्दै बोतल नचाए, पनि बुरुक्क उफ्रेर ओर्लिएँ  डबल डेकर फलामे खाटको बाल्कोनीबाट दाइ आज मुडमा छन् जस्तो ! पछि लागेँ घरको छतमा दुईटा कुर्सी मिलाएका रहेछन् आहै ! कत्ति मज्जाको वातावारण  आकाशमा झलमल्ल तारा, सुनसान, टाढा टाढासम्म सडकतिर घोप्टिएका लस्करै बत्ति घरका प्रतिबिम्व कताकतै सडकबत्तीको उज्यालोमा खजुरका पोथ्राहरुका पाश्र्वछायाँ पनि देखिन्छन्

मुक्तिदाइ चुस्की सँगै आफ्ना विगत ओकल्न थाले विवाह गरेको पाँच महिना नबित्दै श्रीमतीले पाल्ने हुति नभए किन फुर्ति लगाएर बिहे गर्नु, घरमा फुटेको कौडी छैन, भुत्रो गरेर बस्नु भनेर माइत बाटो तताइन् गरिबीले पिल्सिएका उनी ममताबाट पनि पिल्सिन थाले आइमाइले बचन लगाएर एक्ल्याए पछि इख नभाको छोरो काम लाग्दैन, यिनीहरुलाई गरेर देखाउँछु भन्ने अठोट लिएर साउदीतिर हान्निए सात वर्ष बसे अत्यन्तै दुःख गरे कहिले आमा बिरामी, कहिले बहिनीको विहे अनि कहिले भाइलाई विदेश पठाउने भन्दाभन्दै त्यत्तिका वर्ष बसे पनि परिवारलाई सुखसयल दिलाउने मनग्य रकम जुटाउन सकेनन् उमेरले नेटो काट्न लाग्यो, जहान ठुस्किएर माइत बसेकी , सन्तान छैनन् परदेशमा त्यो उद्दण्ड घामको मिहेनेत तनाबले थल्लिए जे पर्ला भन्दै लागेछन् घरतिर अलिअलि भएको पैसाले केहि गर्न सकिएला नि भन्दै श्रीमतीलाई फर्काएछन् समय वित्यो अनि खल्ति रित्तियो छोरो जन्मियो, फेरी घरमा उहि कचकच, उहि रडाको त्यो कलिलो, कलकलाउदो बालकलाई धित मर्ने गरी बोक्न पनि पाएनन् उनले यति कालो भए नि भाइ छोरो गोरो , उस्तै पुक्क परेको, मैले छोड्दा मतिरै तन्किएर रुँदै थियो अहिले बाबा..बाबा.. गर्न थालेछ, ढलपल गर्दै पाइला पनि सार्छ रे, यति भनिसक्दा बिचरा मुक्ति दाइका आँखा पनि टिलपिलाए आँसु झर्लान् भन्ने लाजले परतिरका धमिला प्रतिबिम्वहरु हेरिरहे पनि केहि मलिन भएँ उनको यो भाबुकतामा आफुलाई पनि दाँज्न भ्याएँ, कठै ! मेरा बा नि मलाई यत्ति नै माया गर्दा हुन्

उनको यो नियास्रो देखेर मैले उपाय दिएँ अनि उताबाट स्टुडियोमा खिचिएको आमाछोराको फोटो मेरो इमेलमा आयो मैले नै प्रिन्ट गरेर ल्याइदिएँ उताबाट पठाउन स्टुडियोवालाले सहयोग गरिदिएछ सित्तैको सहयोग के हुन्थ्यो एकसय बढ्ता लियो रे भाइ मुक्ति दाइ भन्दैथिए उनी खुसीले एकपटक नाचे सिरानछेउको भित्तामा बडो जतनले फोटो टाँसे हेर भाई, ठ्याक्कै जस्तै है, कलर चैं अलि मिलेन, हौसिदै देखाए मलाई होइन दाई कलर पनि पछि पछि मिल्दै जान्छ, कि कालो हुन्छ, कि तपाई गोरो हुनुहोला मैले ठट्टा गरेको पनि मेसो पाएनन् तिनले, त्यस्सै हिहि गरे मुक्ति दाइ यही जुनीमा चै कताबाट गोरो हुन्थे नि, भैँसीको छाला जस्तै थियो उनको पनि रंग त्यो दिन दाइले दर्है पिलाए मलाई उनको मन छ्याङ्ग भएको थियो पनि खुसी भएँ उनी उज्यालिएको देखेर विस्तारै छोरो प्रतिको सपना जिम्मेवारीबोध बढ्दै गयो मुक्ति दाइमा जीवनभरि खाडीमै भास्सिएर भए नि सन्तानलाई सुख दिन्छु भाइ भन्थे बिचरा सार्है निस्कपट थिए उनी दायावायाँ पिटिक्कै नजान्ने

बिहानै हामी काममा गयौँ निकै होहल्ला थियो होटल अघि के भएछ चासोसँगै घुस्रिएँ भीडतिर कुरा के भएछ भने हिजो राति किचनको ढोका बन्द गर्ने बेलामा ग्याँस चुलो बन्द गर्न भुलेछन् मुक्ति दाइले दिनभरको थकाई, दशथरीका मानसिक तनाब अनेकले गर्दा, भुसुक्क भएछन् केही घण्टा आगो बलिरह्यो, धेरै तात्तिएर छेउमा भएको प्लाष्टिकको डब्बा पकड्दै आगो फैलियो भान्छाभरी सेक्युरिटी गार्डले देखेछ आगो नियन्त्रण गर्न सफल भएछ विकसित मुलुकहरुमा हुने दरिलो अग्नि नियन्त्रणका बन्दोबस्तीले गर्दा बिहान मेनेजर देख्ने बित्तिकै गार्डले गेटैमा छेकेर यी सबै बिस्तार लगायो, एकै सासमा मुक्ति दाइ इमान्दार लगनशील भएपनि धेरै सोच, चिन्तनमा रहिरहने भएकाले सानातिना धेरै गल्तिहरु अगाडि पनि दोहोरिएका थिए तर यो एउटा भयावह स्थितिबाट भाग्यवस जोगिएको क्षण थियो मुक्ति दाई डरले नीलो भए दिनभरि घोस्सिएर काम गरिरहे

मैले दिउँसो ब्रेक लिएको थिइनँ त्यसैले बेलुकी अरुभन्दा एकघन्टा अगाडि नै लागेँ रुमतिर, बाटाभरि मुक्तिदाइकै चिन्ता गर्दै रुम आइपुगेपछि मलाई अझ छटपटि भो त्यो विशाल गल्ती थियो मुक्तिदाइका लागि गल्ती थियो, मेरा लागि गल्ती थियो तर, जसको कम्पनी हो, उसका लागि लापरवाही थियो अन्जानमा गरिएको गल्ती क्षम्य हुन्छ, तर लापरवाही ? अहँ, लापरवाही क्षम्य हुँदैन कुनै कामदारले झाडु लगाउन बिर्सियो भने म्यानेजमेन्टमा त्यत्रो हाहाकार मच्चिन्छ आजको घटना आगोसँग जोडिएको लापरवाहीको उत्कर्ष ठान्नेछ म्यानेजमेन्टले मलाई बडो दिक्दारी लागेर आयो के सोच्दै होलान् मुक्ति दाइ ? के उनी सात दिनका लागि बेतलबी निलम्बनमा पर्लान् ? एक महिनाका लागि ? त्यतिसम्म सहलान् तर...मुलुक फर्काइए भने ? ओहो ! यतिखेर मुक्तिदाइ यस्तै यस्तै मुटु कम्पन हुने सजायहरुका बारे सोच्दैहोलान् तर, फेरि एकमनले सोचेँ, ! मुलुक फर्काइदियो भने झन् खुसी होलान् नि मुक्ति दाइ परिवारको सम्झनामा प्रत्येक रात सिरानी भिजाएका छन् यो सोचाइले मेरो मन केही शान्त भयो

समयभन्दा केही अघि नै मुक्ति दाइ ढोकामा देखिए हातमा एउटा खाम थियो मलाई देख्नासाथ उनी भक्कानिए आँसुका ढिका बरर खस्न लागे उनको मुहार मलिन थियो झन् झन् मलिन बन्दै गयो मुक्ति दाइको यति मलिन मुहार मैले पहिले देखेको थिइनँ सिरानीमा घोप्टिएर रुँदाको अनुहारमा पनि नियास्रोको आँसु हुन्थ्यो तर, आज बगिरहेको आँसु नियास्रोको थिएन, चिन्ताको थियो खाम खोलेर हेर्न मलाई ठूलै आँट चाहियो के होला यस भित्र ? तलब बाट हर्जाना काटिने सूचना ? केही दिनको  निलम्बन ? अथवा घर फिर्ति टिकट ?

आखिर मेरो अपशकुन सोच सत्य निस्कियो टिकट हेरेर टोलाइरहेँ हेरेँ, उनको अनुहारमा छोरो भेट्न पाउने उत्साह पटक्कै छैन

13 comments.:

Devendra Dukhiya said...

ए फिलिली भान्जा, भनेपछी आगो लगाएर पो तिमी नेपाल छिरेका हौ ? उफ !!! जे भएपनी कथा निकै राम्रो छ, बिसेस गरी घट्नाको बयान सैली । तिमी सब कुरा भुलेर लेखन्मा फिरेकोमा खुशी लागो । अब पेल्टिमारी, बुकुवा, झिल्झिले बारेका अनेक कुरा र आफ्ना कर्तुत पनि कथात्मक बनाएर लेख है त ! तिमी UAE लाई QATAR ले पक्कै साथ दिनेछ !

JAY said...

पार्टी, धेरै राम्रो छ । यस्तै राम्रा कथाहरु भटाभट लेखेर तिम्रो ब्लगमा लुतुलुतु पोष्ट गर्दै जाऊ है ।

Satamedi said...

thank you मामा र जय लाई । प्याज धेरै खाइयो कि के हो ???

Anonymous said...

lau sarai ramro lago ,man chune 6...........

nita said...

धेरै राम्रो छ

Maili maiju said...

dherai ramro lagyo bhanja.kathale man choyo. yesto katho aru pani lekhnu hai.

Satamedi said...

thanks maiju n nita didi.

seela said...

RAMRO LAGYO BISAYEBASTU .BASTABIKTA CHHA, TAPAIKO LEKHAN PRATIBHA NIRANTAR GAREKOMA MA DERAI KHUSI CHHU.AAGAMI DINHARUMA YESTAI KATHAHARU PADNA PAIOS...GOOD LUCK.

subas said...

daammi chha hai keta...mukti dai lai mero pani sahanuvuti...tara dherai pyaazz khayera khadka ji chahi nahunu ni....

Luna said...

ramro chha , aru ni padhna pau, blog update bhairakhos ''bhangbari''kojasto 3 maina ma euta chai hoina ni

Satamedi said...

haha didi, bichara, course le navyayeka holan ni partyle, anyway thanks

kukha said...

a, vanepahi luma khaaera aago lagayu ki k ho keta ho ??

Pramod Bhattarai said...

dherai ramro. saili pani ramro chha. pathak lai badhne khalko.

Post a Comment