Realtime Web StatisticsRealtime Web Statistics

पुल

तिमी पारी थियौ
धेरै टाढा ।

कहाली लाग्दो भेल
मैलो र घिनाउने
षडयन्त्र र सन्त्रासको
नदीरुपी समाज तरेर
तिमीलाई भेट्ने
विकल्प एउटै थियो – पुल ।

यो मायाको पुल
सम्मोहनको पुल
तृष्णाको पुल ।
हरेक साँझ
तिमी भेट्न आउँदा
अघात प्रेमले
बलियो पारेको ठानी
उफ्रिउफ्रि तर्थेँ ।
पुल मुनिको कुसंस्कार
तरेको सम्झी
रोमान्चित हुन्थेँ ।

तिमीले आज पनि
बाटो हेर्यौ होला
त्यही पुल टेकेर
आउने आशमा ।

गएकै त हो नी
म पनि ।
पुल भत्किएछ ।

उहि दुषित संस्कार
सडिएका रिती
अनि साघुँरो मानसिकता

हरे ! यो समाज
तर्नै सकिन ।


असली हिरा चैँ भित्र चम्किदैछन् नि । खोलेर हेर्नुस् ।
सेवा
जय
बिना
रिचा

0 comments.:

Post a Comment