Realtime Web StatisticsRealtime Web Statistics

यो बंगाल होइन

२०६९ भाद्र ९ मा कान्तिपुर दैनिकमा प्रकाशित । यहाँ केही थपघट सहित ।


त्यहाँ पुग्ने जोकोहीलाई नौलो लाग्न सक्छ । त्यहाँका प्राय पसलमा टाँसिएका बोर्डहरु बंगाली भाषामा लेखिएका छन् । वरिपरि चहलपहल गर्नेहरु पनि बंगाली मूलका नै भेटिन्छन् । पहिलो पटक जानेहरु त झस्किन्छन् । छिमेकी मुलुक भारतको प्रान्त बंगाल पुगेको भान पर्छ । 

झापा, अनारमनीमा रहेको मेची आँखा अस्पताल आसपास यस्तै दृष्य देखिन्छ । स्वदेशभित्र मात्र नभएर छिमेकी मुलुकहरुमा पनि उत्तिकै ख्याति फैलिएको यो अस्पतालमा भारत बंगाल क्षेत्रबाट उपचारका लागि आउनेको संख्या अत्यधिक छ । “जति नेपाली आउँछन् उत्ति नै मात्रामा बंगाली मुलका विरामीहरु आउँछन्’’ भन्नुहुन्छ अस्पताल प्रशासन शाखाका सुरज रौनियार । उहाँ थप्नुहुन्छ, “नेपालीहरु भारतमा उपचार गर्न जान्छन् तर यत्तिका संख्यामा भारतीय आउने नपाली अस्पताल सायदै होलान् ।’’ सिक्किम, बिहार, दार्जिलिङ्ग, भुटानबाट समेत विरामीहरु आउँदा रहेछन् तर बाहुल्यता भने बंगालीहरुकै पाइन्छ । अस्पतालको अधिकांश पार्किङ्ग एरिया समेत भारतीय नम्बर प्लेटका गाडीहरुले भरिएको हुन्छ ।



अस्पताल अघि करिब तीस–पैंतीस होटल र केही चस्मा पसल छन् । बहुसंख्यक बंगालीहरुको सहजताका लागि पसलका बोर्डहरु बंगाली अक्षरमै लेखिएका छन् । “यहाँ आउने अधिकांश बंगाली नेपाली, हिन्दी, अंग्रेजी नजान्ने भएकाले हामीले बंगाली अक्षरका बोर्डहरु राखेका हौँ’’ भन्छन् तीन वर्षदेखि होटल ब्यवसाय गर्दै आएका भुपेन्द्रसिंह राजवंशी । उनका अनुसार राजवंशीहरुको मातृभाषा र बंगाली भाषा पनि धेरैजसो मेल खान्छ र एक अर्कालाई बुझ्न सकिन्छ । 

सायद यही कारण होला, धेरैजसो होटलहरु राजवंशीका भेटिन्छन् । अस्पतालका कर्मचारी तुलसी दाहाल पनि यो कुरामा सहमत हुनुहुन्छ । दाहालले अस्पताल भित्र पनि करिव पच्चिस प्रतिशत कर्मचारी राजवंशी रहेको जानकारी दिनुभयो । यसो हँुदा आउने विरामीहरुसँग सोधपुछ, उपचार गर्नमा कठिनाइ भएन । बाँकी कर्मचारी र व्यवसायी पनि बंगाली भाषामा अभ्यस्त भैसकेको भेटिन्छन् ।


एक महिना अघि दमकबाट हजुरआमाको आँखा उपचार गर्न पुगेका जयराज भट्टराई कालो वर्णको भएका हुनाले सो अस्पतालकी नेपाली नर्सले अन्दाजका भरमा बंगालीमा बोलिछन् । त्यो असहज परिस्थिति चिर्दै आफु नेपाली भएको बताएपछि नर्स पनि लज्जित भएको घटना सुनाउँछन् जयराज । कुरा सामान्य हो । अस्पतालमा उपचारका लागि आएका विरामीलाई बुझाउन खोज्नु कर्मचारीको कर्तव्य हो । जय मात्र होइन त्यहाँ पुग्ने जो कोही पनि पहिलो पटक नौलो परिवेशको अनुभूति गर्छ । कताकता बंगालको अुनभूति गर्छ तर यो बंगाल होइन ।




0 comments.:

Post a Comment